अमेरिका-अमेरिकाको न्युयोर्कको ब्रक्स डे केयरमा रहेका एक वर्षका नाबालकको फेन्टनल नामको नसालु औषधी खाएपछि मुत्यु भएको घटना ज्यादै खतरनाक बनेको छ । डे केयरमा आफना बालबालिका राख्न पनि यो घटनाले अभिभावकहरुलाई एक पटक सोच्ने बनाएको छ ।
घटनामा प्रहरीले उक्त डे केयरका संचालकलाई पक्राउ गरि हत्या अपराधमा मुद्धा अगाडी बढाएको छ । डे केयरकी संचालक ३६ वर्षिया ग्रेइ मेन्डेजलाई पक्राउ गरिएको हो । डे केयर भाडामा चलाउने ४१ वर्षका उनका आफन्तलाई पनि पक्राय गरिएको छ ।
जाचका दौरान प्रहरीले डे केयरमा ठुलो मात्रमा फेन्टनल ड्रग्स भेटिएको हो । त्यस्तै बच्चा बच्ची खेल्ने मेट माथि समेत नसालु औषधी भेटिएको थियो । यो फेन्टनल खाएपछि डे केयरमा रहेका चार बालबालिकालाई अस्पताल भर्ना गरिएको थियो । जसमा एक आठ महिनाकी नाबालिका र दुई वर्षका दुई बालक रहेका थिए । एक जनाका एक वर्षे बालकको उपचारका क्रममा ज्यान गएको थियो ।
डे केयरमा भएको यो घटना आफना बाबुनानीहरुलाई डे केयरमा छाडेर हिडने बाबुआमालाई ज्यादै नै दुखी बनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected