न्युयेार्कमा ४० विधार्थी बेाकेकेा बस दुर्घटना २ केा मुत्यु , कयौा घाईते
अमेरिका-अमेरिकाको न्युयोर्क सहरमा ४० स्कुले विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त हुदा दुई जनाको ज्यान गएको छ भने कर्या घाइते भएका छन् ।
सिएनएनको रिपोर्ट अनुसार उक्त न्यु ओरेन्ज काउन्टीमा ५० फिट तल खसकेको थियो । उद्धारकर्ताहले बस भित्र च्यापिएका छात्र छात्रालाई बसबाट निकालेर अस्प्ताल पुराएका छन् । बसको भित्र फसेका छात्राहरुलाई ४० मिनेट भित्र बाहिर निकालिएको थियो । घाइते ५ जना छात्राको अवस्था गंभीर रहेको बताइएको छ ।
न्युयोर्कको गर्भनरले घटनामा ज्यान गुमाउने दुई छात्रा प्रति गहिरो समवेदना प्रकट गदै शोक व्यक्त गरेका छन् । उक्त बस भित्र अन्य चार जना व्यस्क रहेका थिए र बाकी सबै विद्यार्थी थिए ।
उक्त हाइस्कुलको बस एउटा म्युजिक ब्यान्ड कम्पीटिसनका लागी पेन्सिलभेनिया तर्फ जादै थियो । यसरी नै विद्यार्थी बोकेर गएको ६ वटा बस मध्ये एउटा बस यसरी दुर्घटनामा परेको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...