अमेरिका-अमेरिकाका सरकार फेरि शटडाउनको खतरा नजिक पुगेको छ । अमेरिकी सरकार शटडाउन भए के हुन्छ ।
अमेरिकी सरकार शटडाउन भए सरकारका सेवा प्रभावित हुने छन् जसले गर्दा तपाई हामी सर्वसाधारणले पनि परेशानी भोग्नु पर्ने छ । कर्मचारीको तलब सुविधा रोकिनेछ । सरकारी कामकाज सबै ठप्प हुनेछन् । अमेरिकी सरकार शटडाउन भएको खण्डमा अमेरिकी सदनमा पनि उथलपुथल आउनेछ ।
यो शटडाउनले खास गरि सरकारी सुविधा लिइरहेका २ मिलियन भन्दा बढी अमेरिकीहरु प्रभावित हुन्छन् । नागरिक कर्मचारी, सघीय कर्मचारी, बयोबृद्ध लगायत सरकारी सेवामा गहिरो प्रभाव पर्छ । स्वाथ्य परीक्षण, अमेरिकी नागरिकताको आवेदन लागयतका सेवाहरु पनि प्रभावित हुनेछन्
खास गरि अमेरिकी सरकार एजेन्सी तथा सरकारी कामकागजका लागी पर्याप्त फन्डिग पास गर्न सक्दैन र यस्तो स्थितिमा सरकारी सटडाउनको घोषणा गरिन्छ ।
यो शटडाउने संघीय एजेन्सीहरुलाई सबै गैर जरुरी कामहरु बन्द गर्नुपर्ने हुन्छ र शटडाउन जहिले सम्म रहन्छ कर्मचारीको तलब सुविधा र चेक समेत पठाइदैन ।
सरकारी फन्डिंग अर्थात सरकारी कोष पारित गर्ने म्याद अक्टोबर १ मा सकिदैछ । यो अवस्थाबाट बच्नका लागी सेप्टेम्बर ३० सम्म समय रहेको छ । अक्टोबर एक भन्दा अगाडी निर्णय नभएको खण्डमा अमेरिकी सरकार शटडाउनमा पुग्छ । यस अघि ट्रम्प राष्ट्रपति हुदा सबैभन्दा लामो ३५ दिन अमेरिकी सरकार शटडाउन भएको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...