अमेरिका-अमेरिकामा बढ्दो बन्दुक आक्रमणका घटनालाई लिएर राष्ट्रपति जो बाइडेनले कडा कदम उठाएका छन् ।
राष्ट्रपति जो बाइडेनले व्हाइट हाउसमा आयोजीत एक कार्यक्रममा बन्दुक नियन्त्रण्का लागी बन्दुक हिंसा रोकथाम कार्यालय स्थापना गरिएको बताएका छन् । जसको नेतृत्व उपराष्ट्रपति कमला हयारिसले गर्ने बताएका हुन । अब अमेरिकामा यो पहिलो बन्दुक हिंसा रोकथाम कार्यालयको स्थापना संगै अमेरिकामा अब बन्दुक नियन्त्रणका लागी कडा भन्दा कडा कदम उठाइने छ र साथ रोकथामका लागी अभियान अगाडी बढाइनेछ ।

उपराष्ट्रपति कमला ह्यारिसले यदि अमेरिकामा कोही सुरक्षीत छैनन भने अमेरिकाको खास स्वतन्त्रता सभव नहुने बताइन । उनले बन्दुक हिंसाले देश टुटिरहेको समेत दुखेसो पोखिन ।
अमेरिकी जनताले सुरक्षाको भिख मागिरहेकाले पनि अब हतियारलाई सिमित गदै कडा प्रतिबन्ध समेत लगाइन सक्ने बताइएको छ । यसका लागी यो ब्हाइट हाउसमै स्थापना भएको बन्दुक हिंसा रोकथाम कार्यालयले गृहकार्य दु्रत रुपमा अगाडी बढाउनेछ ।
अमेरिकामा आठ महिनाको अवधिमा २८ हजार ७ सय ९३ जनाको ज्यान गएको छ । गन वायोलेन्स अर्काइभको डेटा अनुसार अघिल्लो वर्ष अमेरिकामा ४४ हजार ३ सय ठ४ जनाको बन्दुक हिंसाको घटनामा ज्यान गएको छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected