अमेरिका-अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिसट्रेसन ले यो महत्वपुर्ण सर्कुलर जारी गरेको छ । कृपया सचेत जनहितमा जारी यो सुचना शेयर गरेर हरेकाको माज पुराउनु होला

अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले पार्किंग गरिएको कारभित्र आफनो बच्चा बच्चीलाई भुलेर १० मिनेट मात्रै छाडदा पनि त्यो घातक हुने भन्दै चेतावनी दिएको छ । जस अनुसार गाडी भित्रको तापक्रम झन्डै २० डिग्रीले बढन सक्ने भएकाले सचेत हुन भनेको हो ।
एडमिनिसट्रेसनका अनुसार गाडी भित्रको तापक्रम परिवर्तन हुन धेरै समय लाग्दैन । यसकारण बच्चाको शरीरको तापक्रम हामी व्यस्कहरुको तुलनामा तीन देखि पाच गुना छिटो बढछ जसको कारण बच्चाको मुख्य शरीरको तापक्रम १०४ डिग्री पुग्यो भने मुत्यु समेत हुन सक्छ । पछिल्लो समय कारभित्र आफनो बच्चा बच्ची लामो समय सम्म छाडेर हिडने गर्दा धेरैको मुत्यु समेत हुने घटना बढेपछि यसरी सचेत गराउदै सर्कुलर जारी गरेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected