न्युयोर्कको सडकमा यसरी अलपत्र भेटिने छैनन अव यी नेपाली युवा
अमेरिका-केही दिन देखि न्युयोर्कको सडकमा बेबारिसे भेटिएपछि सामाजिक संजालमा छाएका नेपाली भाई अव सडकमा यसरी अलपत्र भेटिने छैनन । उनको नाम आभाष हो र उनको घर प्युठान हो ।
शरीरमा कपडा समेत नभएको उनको अवस्था ज्यादै दयनिय अवस्थमा रहेको थियो । तर आज न्युयोर्कका युवा नेपाली अभियान्ताहरुले हेमन्त मल्ल लेनिन कडेल, प्रदीप श्रेष्ठ लगायतले उनलाई त्यो सडककाृ जर्जर अवस्थाबाट बाहिर निकालेका छन् ।
हेमन्त मल्लका अनुसार अलपत्र भेटिएका आभाषले अव सडकबाट निस्केर काम गरेर खाने बताएका छन् । उनी यसरी सडकमा अलपत्र हिडेको चार हप्ता भएको रहेछ ।
उनले उद्धार गरेका टोलीहरु संग तीन दिनदेखि केही नआएको बताएका थिए । उनलाई नेपाली भान्छा घरमा लगेर खाना खुवाएका थिए । हरमा कपडा नभएका र जाडोले कापेका उनलाई ज्याकेट, टोपी, लगायतका कपडाहरु किनिदिएका छन ।
यस अघि न्युजर्सिमा काम गदै आएका आभाषले भोली आईतबार देखि न्युजर्सि गएर काम गर्ने बताएका छन । हेमन्त मल्ल उनलाई छाडन न्युजर्सि जादैछन् । आशा छ अब आभाष यसरी न्युयोर्कको सडकमा अलपत्र कहिल्यै देखिने छैनन
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...