अमेरिकामा कार दुर्घटना विकराल बन्दै गएको छ । वर्षेनी हजारौले कार दुर्घटनामा ज्यान गुमाएका छन् । फराकिला सडक तथा तिब्र गतिका कारण कार दुर्घटना बढ्दै गएको हो । अमेरिकामा बसोबास गदै आएका केही नेपालीले पनि हरेक वर्ष जसो कार दुर्घटनामा परेर अकालमा ज्यानमा गुमाउन बाध्य भएका छन् ।कतिपय दुर्घटनामा परेर घाइते भई आजीवन अशक्त भएर जीउनु परेको छ । सवारी चलाउन पोख्न नहुदै चलाउने र ट्राफिक नियम बारे जानकार नहुनुले पनि नेपालीहरु दुर्घटनामा पर्ने गरेका छन् । अमेरिकाको मिजौरी राज्यमा हालै भएको कार दुर्घटनामा एक परिवारका तीन जनाले ज्यान गुमाए । श्रद्धा खनाल ओझा संगै उनका बाबुआमा गोविन्द र शान्त खनालले दुर्घटनामा मुत्युवरण गरे ।
कार हाकीरहेका प्रभास ओझा र उनका चार वर्षीय छोरा घाईते भए । उनीहरु सवार कारलाई मालबहाक ट्रकले ठक्कर दिएको स्थानिय प्रहरीले जनाएको छ । आफन्तका अनुसार उनीहरु तीज मनाएर टेक्सस राज्यबाट मिजौरीतर्फ गएका थिए ।
यस्तै प्रकृतिको घटना केही वर्ष अघि पनि जर्जिया राज्यमा भएको थियो । घटनामा एक परिवारका चार जनाको मृत्यु भएको थियो । छोराबुहारीसंग नेपालबाट अमेरिका आएका चिरन्जीवि खनाल, उनकी पत्नी जिबा मन्जरी खनाल बुहारी रिचना खनाल र प्रतिमा सुवेदीको ज्यान गएको थियो । घटनामा खनाल दम्पत्तिका छोराहरु समिर र सुबास खनाल घाइते भएका थिए । उनिहरु सवार कार १८ चक्के ट्रकसंग ठक्कर खाएको थियो ।

केही दिन अघि अमेरिकाको मिजौरीमा कार दुर्घटनामा ज्यान गुमाएका श्रद्धा खनाल ओझा तथा उनका बाबु आमा गोविन्द र शान्ति खनाल

अमेरिकामा पछिल्लो क्रममा यसरी नै कार दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुको संख्या बढीरहेको छ । अमेरिकामा भयावह भन्दै गएको कार दुर्घटनामा दर्जनौ नेपालीले अहिले सम्म ज्यान गुमाइसकेका छन् । झन्डै वर्षदिन अघि भर्जिनियनमा कार दुर्घटनामा राघव रिजालको ज्यान गएको थियो । त्यस्तै डेढ वर्ष अघि क्यालिफोर्नियामा बागलुङका २० वर्षीय निराजन पुनले हाकीरहेको कार अर्को कारसंग ठोक्किदा ज्यान गएको थियो । दुई वर्ष अघि नर्थ क्यारोलाइनामा नुवाकोटका रुपेश उप्रेतिको ट्रकले ठक्कर दिएपछि मुत्यु भएको थियो । तीन वर्ष अघि बासिङटन सियाटलमा नेपाली विद्यार्थी ममता कडेलको हिउमा कार चिप्लिएर दुर्घटना भइ ज्यान गएको थियो । कडेलको मुत्यु भएको भोलीपल्ट फलोरिडा राज्यमा भएको सवारी दुर्घटनामा अध्ययनका लागी आएका नेपाली विद्यार्थी संगम सुवेदी र अश्लेषा पण्डितको मुत्यु भएको थियो । रातो बत्तीमा कार रोक्न नसक्दा उनले हाकेको कारले ट्रकलाई ठक्कर दिएको थियो । घटना अर्की नेपाली विद्यार्थी श्रद्धासिंह ठकुरी घाइते भएकी थिइन । सोही वर्ष क्यालिफोर्नियाको स्यान डियायोमा नेपाली महिला सरिता शाक्यको सवारी दुर्घटनामा ज्यान गएको थियो ।

केही वर्ष अघि अमेरिकाको जर्जिया राज्यमा ज्यान गुमाएका गुल्मीका टोपी लगाएका दुई छोरा बाहेक चिरन्जीवि खनाल, श्रीमति श्यामा खनाल र बुहारी ऋचा खनाल

एक वर्ष अघि कलोराडोमा अरोरा सहरमा दुघृटनामा भुटानी मुलका दुई नेपाली भाषीको मुत्यु भयो । २६ वर्षका यादव मगर र १७ का आशिस तामाङले ज्यान गुमाए । तीब्र गतिमा रहेको कार सडक किनारको रुखमा ठोकएिको प्रहरीले प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यस अघि क्यालिफोर्नियमा नेपाल विद्यार्थी कुशल शर्माको मुत्यु भएको थियो । केही वर्ष अघि अमेरिका आएको सात महिनामा नै सडक दुघटनामा काठमान्डौका रुशल श्रेष्ठले मुत्युवरण गरे । टेक्ससमा रहेका उनी राती साथीलाई काममा छाडन जादा कार दुर्घटनामा परेका थिए ।
अमेरिकामा एक पछि अर्को गदै नेपालीहरुले कार दुर्घटनामा ज्यान गुमाइरहेका छन् । असावधानिपुर्वक सवारी चलाउदा, तिब्र गति तथा ड्राइभिङमा पुर्ण नहुदा कार दुर्घटनाहरु बढीरहेका छन् । अमेरिकको समचार एजेन्सीको एक रिपोर्ट अनुसार अमेरिकामा हरेक दिन कार ९० जनाले कार दुर्घटनामा ज्यान गुमाउदै आएका छन् । यसरी मुत्यु हुनेमा ४० प्रतिशत मापसे, ३० प्रतिशत तिब्र गति र ३३ प्रतिशत चालकको लार्पावाहीका कारणले दुर्घटना हुने गरेको छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected