अमेरिका-अमेरिकामा सरकारी कर्मचारीलाई तलब दिने अवस्थामा समेत संकट निम्तने खतरा बढेर गएको छ ।
अमेरिकाको अर्थव्यवस्थामा कर्जा संकट निकै गहिरिदै गएको छ । अमेरिकाको कुल कर्जा बढेर ३३ ट्रिलियन डलर पुगेको छ । यसकारण पनि अमेरिकाको सरकार सर्टडाउन हुने संकेत देखिएको हो । यसो भएकामा अमेरिकामा सरकारले आफनो कर्मचारीलाई तलब खुवाउने संकटको सामाना गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसो त अमेरिकाका दोस्रो चुनौतीको रुपमा बैकिंग संकटले पनि अर्थव्यवस्थालाई झटका लागेको हो । कर्जा चुकाउनका लागी अमेरिकी सरकार संग ठोस योजना समेत अघि आउन सकेको छैन ।
अमेरिकामा अहिले ग्यास पेट्रोलको भाउ पनि निकै मंहगिएको छ । अटो उधोगका कर्मचारी पनि हडतालमा छन् । मंहगीले अहिले आम अमेरिकी नागरिक निराशामा छन् ।
यस्तो मन्दीबाट निस्केर अमेरिकी अर्थव्यस्थाका लागी कर्जा संकट रिकभोर हुने बाटोमा जान धेरै समय लाग्ने देखिएको छ । अमेरिकीको अर्थव्यवस्था संकटमा गए विश्व अर्थतन्त्रमै यसले गंभीर असर पर्नेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected