क्यानडामा केही दिन अघि खालिस्तानी हरदिप सिंह निज्जरको बन्दुक आक्रमण गरि हत्या भएको थियो । यता अमेरिकाको फेडरल ब्युरो अफ इन्भेष्टिगेसन (एफबिआइ) ले पनि अमेरिकामा रहेका शिख नेताहरुलाई अलर्टमा रहन भनेको छ ।
अमेरिकामा रहेका शिन नेताहरुलाई भेटघाट गरि एफबिआइले चेतावनी दिदै उनहिरुको ज्यान पनि खतरामा रहेको बताएको छ । अमेरिकामा रहेका सबै शिख समुदायलाई संभावित खतरालाई लिएर हाइ अलर्टमा रहन भनेको हो ।
अमेरिकाको शिख समुदायको ककस समितिलाई भेटेर एफबिआइले खतराको बारेमा जानकारी गराएको छ ।
क्यानेडियन नागरिक तथा शिख समुदायका निज्जरको हत्या पछि क्यानेडेनियन प्रधानमन्त्री जस्टिन टुडोले हत्यामा भारतको संलग्नता रहेको भन्दै टिप्पणी गरेका थिए । यसपछि भारत र क्यानडाको सम्बन्ध बिग्रीएको छ । निज्जरलाई २०२० मा भारतले आतंकारी घोषित गरेको थियो ।
अमेरिकामा पनि संभावित खतरालाई लिएर अमेरिकामा रहेका शिख समुदायलाई एफबिआइले चेतावनी जारी गरेको हो ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected