किरात समुदायकेा उद्यौली पुजा सहित सांस्कृतिक कार्यक्रम
पेन्सिलभेनिया-विश्व शान्ति, मानव एकता र सम्पुर्ण सकल प्राणीहरुको रक्षाको निम्ति अमेरिकाको पिट्सर्व पेन्सिलभेनियामा रहेका किरात समुदायले आइतबार मुवेक्वा याक्वा सेवा(उद्यौली पुजा) सहित सास्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।
पिट्सर्वको साउथ पार्कमा भएको उक्त एक दिने सामाजिक उद्योली पुजा कार्यक्रम प्रत्येक ६/६ महिनाको अवधिमा आयोजना गरि मनाउदै आएका छन् । यहाँ । रहेका किरात समुदायहरुले यो पर्वको दिन विभिन्न सास्कृतिक कार्यक्रम सहित पुजा आयोजना गरि मनाउदै आएको किरात अर्गनाइजेसन अफ अमेरिकाकाकेन्द्रिय सदस्य सन मुकारुङले जानकारी दिनुभयो । आफ्नो भाषा संस्कृतिको
जगेर्ना गर्ने हेतुले यस सामाजिक पर्वमा आफ्ना समुदायका स–साना बालबालिकाहरुलाई समेत सहभागीता गराइ आफ्नो संस्कृतिको बारेमा जानकारी दिने जगेर्नामा लागि पर्न हौसला प्रदान गर्ने गरिएको मुकारुङले जानकारी दिनुभयो ।
कार्यक्रममा यहाँ रहेका विभिन्न संघसंस्था र तिनका प्रतिनिधिहरुलाई
किरात अर्गनाइजेसन अफ अमेरिकाका केन्द्रिय सचिव मिरा लोहोरुङले सम्मान गर्नु भएको थियो । दिनभर चलेको सो उद्योली र सास्कृतिक कार्यक्रममा किरात समुदायका बालबालिकाहरुले आफ्नो पहिचान झल्कने सास्कृतिक झाकी सहित विभिन्न प्रकारका नृत्यहरु समेत प्रस्तुत गरेका थिए । सोही अबसरमा केन्द्रका को–अर्डिनेटर हिमेश खेसाङले सारङ्गीको धुन मार्फत किरात सस्कृतिको बाजाको धुन मार्फत कार्यक्रमलाई एकाग्र समेत बनाएका थिए ।
उक्त उद्यौली पुजाको अवसरमा विभिन्न कार्यक्रममा सहभागी हुने समुदायका नानीहरुको समेत किरात मुन्धुम अनुसार माङ्गेना समेत गरिएको थियो ।
यस्तै किरात सास्कृति नृत्य प्रशिक्षक बुद्ध खेसाङ र बिमल राईलाई समेत सम्मान गरिएको आयोजक किरात कल्चरल शोसाइटी अफ पिट्सर्वकका अध्यक्ष केशर बहादुर मुकारुङले बताउनुभयो । साथै कार्यक्रममा किरात सस्कृतिमा आधारित उद्यौली सेवाको बारेमा अम्बर राईद्धारा लेखन एवं निर्देशन गरिएको सर्ट मूभिको समेत प्रर्दशन गरिएको थियो ।