वरिष्ट लोकगायिका हरिदेवी अमेरिकामा सम्मानित
अमेरिका-वरिष्ट लोकगायिका हरिदेवी कोइराला यतिबेला अमेरिकामा रहेकी छिन् । खास गरि सांगीतक कार्यक्रम र भेटघाटका सिलसिलामा उनी अमेरिका आएकी हुन । अमेरिकाको बोष्टन, नर्थ क्यारोलिना लगायत विभिन्न राज्यमा तीजका कार्यक्रममा सहभागी भएर मौलिक नेपाली तिजका भाकाहरु गायिकाको मुखार बिन्दुबाट सुन्ने मौका पाए ।
सेप्टेम्बर ८ तारिक अमेरिका आएकी गायिका कोेइरालालाई अहिले अमेरिकामा सांगीतक कार्यक्रम देखि सम्मान थाप्न भ्याइनभ्याइ रहेको छ । गायिकाका ठेट नेपाली लोकगीतका भाका सुन्न अमेरिकामा बसेका नेपालीहरु लालयित बने । केही दिनको अमेरिकामा बसाईका क्रममा गायिका कोइराला अन्य विभिन्न यस्तै सांगितिक कार्यक्रममा सहभागी हुनेछिन् ।
खास गरि लोकगायन, साहित्य र प्राज्ञिक क्षेत्रमा हरिदेवी कोइरालाले पुराएको योगदान अतुलनिय रहेको छ ।
गायकिा कोइरालाले यही लोकगायन तथा साहित्य क्षेत्रमा पुराएको योगदानको कदर स्वरुप आइतबार अमेरिकाको न्युयोर्कमा भव्य सम्मान समेत गरिएको छ ।
अन्तराष्ट्रिय साहित्य समाज न्युयोर्कले गायिका कोइरालालाई सम्मानपत्र सहित सम्मान गरेको हो । परदेशी भुमिमा आएर पनि पाएको यो सम्म्मानलाई उनले नेपाली लोकगीत र लोकसंस्कृतिकै सम्ममान भएको बताइन ।
५ दशक लामो समयदेखि नेपाली लोकगायनमा सक्रिय गायिका हरिदेवीका पाइना खबर, आमा तिम्रो दुधको बराले, फुलको बासना, ऐना हेरेर लगायत गीतहरु चर्चित छन् । गायिका कोइरालाका ८० भन्दा बढी एल्बम बजारमा आएका छन् । उनले २ सय ५० भन्दा बढी पुरस्कार पाएकी छिन् ।