अमेरिका-अमेरिकाले अब विना भिसा यो देशलाई अमेरिकामा प्रवेशका लागी अनुमति दिदैछ ।
बाइडेन प्रशासनको यो सबैभन्दा ठुलो फैसला भएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । अव इजरायलका नागरिकले विना भिसा अमेरिकाको यात्रा गर्न सक्नेछन् । अहिलेसम्म इजरायलका नागरिकका लागी अमेरिकामा अन एराइभल भिसाको सुविधा रहेको थियो । अव नया कानुन लागु भएपछि इजरायली नागरिकलाई अमेरिकामा आउनका लागी भिसाको जरुरत हुने छैन ।
यसै साता अमेरिकाले भिसा छुट कार्यक्रम सार्वजनिक गदैछ । अमेरिकाको गृह सुरक्षा विभागले यो कार्यक्रम संचालन गर्दछ ।

अहिले अमेरिकामा ४० देशलाई विना भिसा अमेरिका यात्राको अनुमति छ । जसमा अधिकांश युरोपिय र केही एशियन देश रहेका छन् । आउदो मंगलबार विदेशी मन्त्री एन्टोनी ब्लिकनले इजरायललाई भिसा छुट कार्यक्रममा सहभागी गराउन सिफारिस गर्न सक्नेछन् । समाचार स्रोतका अनुसार बुधबार औपचारिक रुपमा घोषणा हुन सक्नेछ ।
अमेरिका र इजरायल बीचको मित्रता ७० वर्ष भन्दा पनि अधिक पुरानो रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected