अमेरिका-अमेरिकामा फेरि दोस्रो पटक डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दैछन् । उनले जो बाइडेनलाई हराउदै दोस्रो पटक राष्ट्रपति बन्ने बासिंगटन पोष्ट र एबिसि न्युजको एउटा सर्वेक्षणले देखाएको हो । डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको दौडमा राष्ट्रपति जो बाइडेनलाई पछाडी धकेलेका छन् । सर्वेक्षण अनुसार बाइडेन र ट्रम्पको आमने सामने लडाईमा ट्रम्पले बाइडेनलाई ५१ -४२ को अन्तरले पछाडी पारेको देखिन्छ ।
रिपब्लिकन पार्टिको राष्ट्रपतिय उम्मेदवारको दौडमा डोनाल्ड ट्रम्प धेरै अगाडी बढीसकेका छन् ।
राष्ट्रिपति चुनावको औपचारिक नामांकन प्रकृया आउदो जेनवरी आयोवा तथा न्यु हेम्सपायर प्राइमेरीबाट सुरु हुनेछ ।
अमेरिकी जनताले दोस्रो कार्याकालका लागी जो बाइडेन धेरै वृद्ध भइसकेको बताएका छन् र फेरि एक पटक डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा देख्न चाहेका छन् ।
बासिगटनपोष्टले सर्वेक्षणको नतिजमा असहमित जनाएको छ । पोष्टका अनुसार ट्रम्पद्धारा बाइडेनलाई दस प्वाइटले हराउने कुरामा सत्यतता छैन ।
ट्रम्पपछि रिपब्लिकन पार्टिको तर्फबाट राष्ट्रपति दौडमा विवेक रामास्वामी र निक्की हेली पछि पछि रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected