अमेरिका-राष्ट्रपति जो बाइडेनको बफादार भनिएको कुकुर कमाण्डरले अमेरिकी सेक्रेट सर्भिसका एक एजेन्टलाई फेरि टोकेको छ ।
राष्ट्रपति निवास व्हाइट हाउसमा सेक्रेट सर्भिसका एजेन्ट माथि कुकुरले टोकेको हो । चार महिनाको अन्तरालमा कुकरले दस जना व्हाइट हाउसका कर्मचारी तथा सेक्रेट एजेन्ट लाई यसरी नै टोकीसकेको छ । युएससिआइएसका संचारप्रमुखले घटना बारेमा जानकारी दिदै चिकित्सले उपचार गरेपछि अहिले ति एजेन्ट सही सलामत रहेको बताइएको छ ।
होमल्यान्ड सेक्युरिटी विभागको रेकर्डमा बाइडेनको कुकुर कमान्डर जर्मन सेफर्डको शुद्ध नस्लीय हो । आक्रमक व्यवहार गर्ने जो बाइडेनको यो दोस्रो कुकुर कमाण्डर हो । यस्तै कर्मचारीलाई टोक्न थालेपछि जो बाइडेनले पहिलो आफनो कुकुरलाई जर्मन शेफर्ड मेजर नामको कुकुर डेलवेयर पठाइएको थियो । बाइडेनको यो दोस्रो कुकुर कमान्डरलाई आफनो भाइ जेम्सले उपहारको रुपमा २०२१ म दिएका थिए । बाइडेनको एउटा बिरालो पनि रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected