अमेरिका-अमेरिकामा गत महिनाको अगष्टमा १ दशमलव ६ बिलियन डलरको मेगा मिलियनज्याकपोटको बिजेता फलोरिडा निवासीलीले हिजो बुधबार आफनो पुरस्कार दाबी गरेका छन् ।
फलोरिडाको ति व्यक्तिले पुरस्कार दाबी गरेको लोटरी सेन्टरले उल्लेख गरेको छ ।
यो मेगामिलियन्सको पुरस्कार राशी अमेरिकी मेगामिलियन्स इतिहासकै तेस्रो ठुलो पुरस्कार रहेको थियो ।
यो विजेता टिकट फलोरिडाको ज्याक्सनभिल नजिकैकोको एटलान्टिक कोषको सहरको एउटा सुपरमार्केटबाट किनिएको थियो । जुन बिजेताको नम्बर १३, १९, २०, ३२, ३३ र मेगा बल १४ रहेको थियो । बिजेताले यी सबै नम्बर मिलाएका थिए । गएको अगष्ट ८ तारिक यो ज्याकपोट खुलाइएको थियो ।
बिजेता को थिए भन्ने बारेमा भने कुनै परिचय खुलाइएको छैन । बिजेताले क्यास लिने या इन्स्टलमेन्टमा लिने केही खुलाइएको छैन । फलोरिडामा स्टेट इनकम टयाक्स लाग्दैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected