अमेरिका-यतिबेला आइफोन १५ प्रो र प्रो म्याक्सका प्रयोगकर्ताले फोन निकै तातिने समस्या भएको बताएका छन् ।
भर्खर बजारमा आएको आइफोन १५ प्रो र १५ प्रो म्याक्समा बढी तातिने समस्या देखिएको बताइएको हो । कुनै बेला फोन यति तातो हुन्छ की हातमा समात्न समेत असहज हुने गरेको प्रयोगकताले बताएका छन् ।
यतिबेला वाल स्ट्रीट जर्नल तथा ब्लुमबर्गको रिपोर्टमा यो आइफोन सेटअप गरेको केही दिन पछि आइफोन १५ प्रो मेक्स १३ प्रो म्याक्स भन्दा बढी तातिने समस्या देखिएको खुलासा गरेको हो । यो ग्राहकमा देखिएको समस्यालाई आधार बनाएर रिपोर्ट आएको हो ।
खास गरि र्चािर्जग गर्दा यी फोनहरु ब्ढी तातो भएको बताइएको छ । त्यसै गरि मोबाइलमा गेम खेल्दा समेत अत्याधिक तातो हुने गरेको ग्राहकहरुले गुनासो गर्न थालेका छन् ।
यसो किन भएको भन्दा केही विज्ञहरुले आइफोनको हल्का तौल प्राप्त गर्न निर्माणका क्रममा गरिएको सम्झौताले यो समस्या आएको हुन सक्ने अडकल काटेका छन् ।
एप्पले सफटबेयर अपडेट मार्फत यो चिन्तालाई दुर गर्न सक्ने बताइएको छ । तर यो समस्यामा एप्पलको आधीकारिक केही धारणा बाहिर आएको छैन ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...