अमेरिका-अमेरिकाको न्युयोर्कमा फेरि एक नेपाली युवा आफु बसेको अपार्टमेन्टको कोठामा मृत अवस्थामा भेटिएका छन् ।
उनी पोखराको हेमजाका २५ वर्षका अजय कुवंर भएको बताइएको छ । मृतका आफन्त ध्रुव कुवरका अनुसार उनी न्युयोर्कको लंगआइल्यान्डमा बस्दै आएका थिए । रातीको सिफटमा काम गदै आएका कुवंर बिहान कामबाट फर्केर कोठामा आएर सुतेका थिए । कोठामा सुतको अवस्थामा उनलाई मृत फेला पारिएको थियो । उनी सगै बस्ने साथी कामबाट फर्केपछि उनलाई कोठामा मृत अवस्थामा भटेका थिए । प्रहरी र मेडिकटिम आएर चेकजाच गर्दा उनको मृत भइसकेको थियो । अजय पाच वर्ष अघि अमेरिका आएको बताइएको छ ।
अहिले उनको परिवारको आग्रहमा शब नेपाल पठाउने तयारी भइरहेको छ । यसका लागी न्युयोर्कमा रहेको हेमजा बेलफियर सोसाइटीले शब नेपाल पठाउन पहल गरिरहेको छ । हेमजा बेलफियर सोसाइटीले आफना सदस्यहरु मर्फत सहयोग रकम उठाएर अजयको शब नेपाल पठाउन लागेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected