अमेरिका-अमेरिकी सरकारले  २०२५ का लागी अमेरिका आउने डिभी भर्ने मिति सार्वजनिक गरेको छ ।
२०२५ का लागी अक्टोबर ४ को मध्यान्ह देखि नोभेम्बर ४ को मध्यान्हको समयमा डिभी भर्न सकिने बताएको छ । अमेरिकी सरकारले डिभी भर्नका लागी कुनै शुल्क नलागने समेत बताएको छ ।
यसरी तपाईहरुले भरेको डिभीको रिजल्ट २०२४ को मे ४ मा खुल्नेछ । अघिल्लो वर्ष डिभी भरेर नपरेकाहरुले समेत यो डिभी कार्यक्रममा सहभागी हुन सक्ने बताइएको छ । डिभीका लागी तपाईले अमेरिकी सरकारको आधिकारिक वेभसाइटमा गएर मात्रै भर्नुृहोला ।
यस वर्ष डिभी परेका नेपालीहरुलाई अमेरिकामाले कम भिसा जारी गरेको छ । अमेरिकाको होमल्यान्ड सेक्युरिटीको तथ्यांकमा २०२३मा ३ हजार २ सय ६५ जना नेपालीलाई मात्रै डिभी भिसा दिएको छ । सेप्टेम्बरको पहिलो साता नै डिभीको भिसा जारी गर्न बन्द गरेको थियो

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected