अमेरिका-अमेरिकाको ओहोयोको रेनल्सबर्गमा छुरा प्रहारबाट ज्यान गुमाउन पुगेका ३६ वर्षिय बुद्धि माझीको भोली शनिवार अन्तेष्टि गरिने भएको छ ।
माझी परिवार तथा कोलोम्बसका भुटनिज नेपाली समुदायले शनिवार दिउसो १ बजे १३४० उडल्यान्ड एभिन्युमा रहेको पार्कमा अन्तेष्टि गरिने भएको छ ।
न्यु क्रिएसन नेपाली चर्च र माझी परिवारले अन्तेष्टिमा सहभागी हुन आग्रह गरेको छ । र बेलुका साझ ५ बजे रेनन्सबर्गमा श्रद्धान्जली कार्यक्रम राखिएको छ। गएको सोमबार बिहान बुद्धि माझीको छुरा प्रहारबाट ज्यान गएको थियो । बुद्धि माझीको परिवार २०१२ मा शरणार्थी पुनर्वास कार्यक्रम मार्फत अमेरिका आएको थियो ।
हामी ज्यान गुमाएका बुद्धि माझी प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौ र यो पीडामा परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना पनि गर्दछौ
बुद्धि माझीको अन्तेष्टिको सहयोगका लागी खोलिएको गोफन्डमा गएर तपाईहरुले सहयोग समेत गर्न सक्नुहुनेछ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected