भन्छन कोहि

आफ्नो पीडा भन्नुपर्छ हलुङ्गो हुन्छ मन

अनि भन्छन कोहि

आफ्नो पीडा कसैलाई भन्नु हुन्न

त्यसैलाई हतियार बनाई प्रहार गर्छन दुश्मन

 

जिन्दगीको अप्ठ्यारो बाटोमा हिंड्दैछु

आफ्ना चारै तिरका मान्छेहरु चिन्दैछु

बुझेँ, कमजोर देखे पछि  झम्टिंदारहेछन

बलियो देखे पछि

धूपबत्ति, अवीर, फूलले अर्चना गर्दारहेछन

 

यहाँ आफुलाई बलियो बनाउनु पर्ने रहेछ

नभए बलियो देखिने मुकुण्डो लगाउनु पर्ने रहेछ

यहाँ बाच्ने कला, युद्ध कला सिक्नु पर्ने भो

लुच्चा, फटाहा सँग भिडन

लुच्याइँ, फट्याईं पनि सिक्न पर्ने भो


बिशौं
शताव्दी बितिसक्दा पनि

चेतनाको स्तर त्यतिको बढेको रहेनछ

अझै पनि शिकारी युगमा जस्तै

मान्छेहरुले बाँच्न मान्छे सँगै

युद्ध गर्नु पर्ने रहेछ

 

डालस, टेक्सास

सेप्टेम्बर २८, २०२३

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected