अमेरिका-शटडाउनको निकै नजिक पुगेको अमेरिकी सरकारलाई राहत मिलेको छ । अन्ततः हाललाई ४५ दिनका लागी सरकारी कोष पारित भएको छ । अमेरिकी सदनले ४५ दिनका लागी तत्काललाई सरकारी कोष बिललाई मन्जुरी दिएको छ । बिलको समर्थनमा ३३५ सांसदले भोट हालेका थिए भने ९१ सांसदले यो विधेयकको विरोध गरेका थिए । २३२ को विरुद्ध यसका लागी १९८ मतको समर्थन प्राप्त भएको थियो ।
आज शनिवार मध्यरात अगाडी सरकारी कोष पारित हुन नसके शटडाउन हुने खतराको नजिक पुगेको थियो । खास गरि शटडाउन रिपब्लिकन पार्टि भित्रको मतभेदले भुमिका खेलेको छ । सरकारी कोष पारित गर्न रिपब्लिकनले बाधा गरेका थिए ।
यो शटडाउन भएको भए शटडाउनले धेरै सरकारी सेवा निलम्बन हुने थियो हजारौ संघीय कर्मचारीहरुलाई विदा दिइने थियो र विना तलब घर पठाइने थियो ।
किन हुदैथियेा शटडाउन
आगामी वित्तिय वर्षका लागी कग्रेसले बजेटमा सहमति जुटाउन नसक्दा, रिपब्लिकन र डेमाक्रेट बीच सरकारी कोषलाई लिएर सहमति बन्न नसक्दा, सरकारको बजेट कसरी खर्च गर्ने डेमाक्रेट र रिपब्लिकन बीच अलग अलग प्राथमिकतामा रहदा ।

के हुन्छ शटडाउन भए

अमेरिकी अर्थव्यस्त र अमेरिकीहरु माथि महत्वपुर्ण प्रभाव पर्नेछ ।

नेशलनल पार्क, सग्रहालय र पासपोर्ट प्रोसेसिंग सहित कयौ सरकारी सेवा निलम्बित गरिनेछ
अर्थव्यवस्थालाई नोक्सानी हुने र जागीर जान सक्छ

शटडाउनको बित्तिय बजारमा नकारात्मक प्रभाव पर्नेछ

स्टकको मुल्यमा गिरावट र व्याजदरमा वृद्धि

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected