टेक्सस-टेक्ससको युलेश स्थित नेपाली मन्दिर शनिवार झयाई झयाई बाजागाजाले गुल्जार बन्न पुग्यो । टेक्ससको बाफिदो गर्मिलाई समेत थाती राखेर नेपाली समुदायको ताती लागेको थियो । पुरुष तथा महिलाहरु आ आफनो जातिय पोशाकमा थिए भने नेपाली झल्कने संस्कृति उनिहरुले प्रदर्शन गरिरहेका थिए ।

यो दृश्य नेपालमा आयोजना हुने मेला महोत्सव भन्दा पनि भव्य देखिन्थयो ।
अमेरिकाको पुरानो मध्येको नेपाली समाज टेक्ससले आफनो २५ औ वर्षगाठ मनाउने क्रममा टेक्सस राज्यमा बसोबास गर्ने सबै नेपालीहरुलाई यसरी एकै ठाउमा भेला गराएको थियो ।
यो ऐतिहासिक र भव्य नेपाल झल्कने कार्यक्रम पहिलो पटक टेक्ससमा आयोजना भएको थियो । जसले नेपाल र नेपालीलाई पहिचान दिलाउने काममा गहन भुमिका निर्वाह गरेको थियो ।
यो झाकी सहितको परेडमा हुलका हुल नेपालीहरु नेपाली झन्डा लगायत तुल ब्यानर तथा आफनो संस्कार र संस्कृति झल्ने पहिरन र बाजागाजामा पंक्तिबद्द  भएर मन्दिर वरपरको भुभाग परिक्रमा गरेका थिए ।

दुई तर्फ भित्री सडकमा निकालिएको नेपाल झल्कने परेडमा युलेश प्रहरीले पहरा दिएर सुरक्षाको व्यवस्थापन मिलाइदिएको थियो ।
नेपालीहरु धेरै भएको टेक्ससमा यो कार्यक्रममा सबै काम थाती राखेर पनि नेपालीहरु सहभागी भएका थिए । नेपाली सस्कृति झल्कने यो परेडलाई स्थानिय अमेरिकीहरुले समेत रोचक मानेर हेरेका थिए ।
यो झाकी सहितको नेपाल चिनाउने परेड अगाडी एउटा औपचारिक कार्यक्रम गरिएको थियो ।
युलेस सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समाज टेक्ससको २५ औ वर्षगाठको औपचारिक कार्यक्रम उदघाटन गरेकी थिइन । उक्त अवसरमा उनले नेपाली समुदायको सामाजिक कामको मुक्तकण्ठाले प्रशंसा समेत गरेकी  थिइन ।


कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले नेपाल र नेपालीलाई चिनाउने अभियान स्वरुप यो संस्थाको २५ औ वर्षगाठ मनाइएको बताए । कार्यक्रममा युलेश सिटी काउन्सिलका टिका पौडेल, नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष प्रेम अधिकारी लगायतका व्यक्तित्वहरुले नेपाल समाज टेक्ससको गतिविधी बारे प्रकाश पारेका थिए ।


उक्त कार्यक्रममा नेपाली समाज टेक्ससले २५ औ वर्षगाठको अवसरमा प्रकाशित गरेको स्मारिकाको पनि विमोचन गरिएको थियो । उक्त स्मारिकालाई साहित्यकार बैकुण्ठराज आचार्यले सम्पादन गरेका थिए । कार्यक्रम पछि गजल वाचन कार्यक्रम समेत आयोजना गरिएको थियो ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected