ॲाखामा ॲासु लिएर बीस वर्षपछि अमेरिकाबाट आफनेा देश फर्किएकी राखी
अमेरिका-ॲाखामा ॲासु हातमा पुराना फोटोग्राफ र आफनो सक्कली आमा बाबु खोज्दै २० वर्ष पछि अमेरिकाबाट आफनो देश फर्किएकी यी राखीको कथाले तपाई हाम्रो मुटु हल्लाउछ ।
साल थियो २००० जहा राखी बेबारिसे अवस्थामा लखनउको एउटा रेलबे स्टेशनमा भेटिएकी थिइन ।
उनको उमेर अन्दाजी ४ देखि ५ वर्षको हुदो हो । बेबारिसे अवस्थामा रेलवे स्टेशनमा भेटिएकी उनको परिवारको खोजी धेरै भयो तर फेला नपरेपछि उनलाई त्यहाको एउटा अनाथलयमा लगेर छाडियो । अनाथलय छाडेको दुई वर्ष पछि उनलाई एक अमेरिकी क्यारोल ब्रान्ड नामकी महिलाले गोद लिइन र अमेरिका ल्याइपुराएकी थिइन । अहिले उनी २३ वर्षकी भइसकिन । उनको अमेरिका आएपछि नाम राखीबाट महोगनी बन्न पुग्यो । अमेरिकी ल्याएकी उनलाई गोद लिएकी ति आमाको व्यवहार बदलिन्छ । उनलाई गाली गाली गर्ने र नराम्रो व्यवहार गर्न थाल्छिन् । पाच वर्ष अघि नै उनलाई गोद लिएकी ति अमेरिकी महिलाको मुत्यु भइसकेकोछ । मुत्यु हुनु अघि राखीलाई गोद लिएको सबै कथा सुनाएकी थिइन ।
यसपछि नै उनी अहिले आफनो असली आमा बाबु खोज्दै अमेरिकाबाट भारत पुगेकी छन् ।
२० वर्षपछि अमेरिकाबाट भारत गएकी उनको साथमा आफनो बाल्यकालको फोटो थियो । एउटा फ्रक लगाएको थियो, अर्को फोटो लखनाथको अनाथलयमा गोद लिएकी क्यारोलका साथ अनाथलयमो खिचेको फोटो थियो र आखामा आसु थियो
अमेरिकाको मिनिसोटाको एउटा क्याफेमा काम गर्ने राखी आफनो साथी क्रिस्टोफरलाई सबै कहानी बताएकी थिइन । पेशाले कलाकार रहेका क्रिस्टोफर संगै उनी भारत पुगेकी हुन । राशीलाई विश्वास छ आफनो आमाबाबु र परिवार भेटछु भन्ने । उनी केही साता भारतमा बसेर भिसा सकिएपछि अमेरिका फर्किदैछिन् । अहिलेको प्रयासमा उनले कोही भेटिन भने फेरि अर्को पटक पनि निरन्तर आफनो परिवार खोजीका लागी अमेरिकाबाट भारत गइरहने बताएकी छिन् ।