अमेरिकाकामा कोरोनाको असरबाट यस्तो डरलाग्दो मस्तिष्क सम्बन्धी रोगको असर देखिएको छ ।
कोभिड १९ बाट लामो समय सम्म पीडित रहने व्यक्तिमा मस्तिष्क, कपाल झर्ने तथा अन्य रोग देखिएको हो । चिकित्सकहरुले कोभिड १९ को संक्रमणबाट उत्पन्न मस्तिषक घातक प्रियन रोग भनेर नामकरण गरेका छन् । न्युयोर्कको क्वीन्समा एक ६२ वर्षिय व्यक्तिको लामो समय सम्म कोभिडको संक्रमणमा आएर यो मस्तिषक घातक रोग उत्पन्न भएपछि मुत्यु भएको घटना समेत सार्वजनिक भएको छ । अमेरिकन जर्नल अफ केसमा समेत यो अध्ययनले समेत यो घटनाको विवरण सार्वजनिक गरेको छ । अस्पतालमा भर्ना भएको ६ साता पछि ति व्यक्तिको मुत्यु भएको थियो ।
मुत्यु हुने व्यक्तिमा सुरुमा भुल्ने समस्या, मस्तिष्कमा समस्या र हिडडुल गर्न समेत नसकेको लक्षण देखिएको थियो ।
यो प्रियोन दुर्लभ तथा अति घातक मस्तिषक रोगको एउटा समुह भएको बताइएको छ । यो मानिस तथा जनवार दुवैमा हुने बताइएको छ । मस्तिषकमा असमान्य प्रोटिनको उपस्थितिको कारणले हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected