अमेरिका-अमेरिकाभर अमेरिकीहरुले यसो साता आफनो सेल फोनमा यो किमिमको आपतकालिन अलर्ट प्राप्त गर्नेछन् ।
यस्तो अलर्ट आउदा तपाइहरुले कुनै चिन्ता लिनु पदैन र डराउनु पनि पदैन । संघीय आपतकाल व्यवस्थापन एजेन्सी र संघीय संचार आयोगले बुधबार अक्टोबर ४ को दिउसो २ बजेर २० मिनेटमा आपतकालिन अलर्ट प्रणाली र वायरलेस आपतकालिन अलर्ट दुबै परीक्षण गर्ने योजना बनाएका छन् । परीक्षण दुई भागमा संचालन हुनेछ । एउटा सेट सेल फोन र अर्को रेडियो र टिभी स्टेशनहरुमा जानेछ ।
यो अलर्ट चेतावनी सबै प्राप्तकर्ताहरुलाई पहुचयोग्य बनाउनका लागी हो । खास गरि राष्ट्रिय स्तरमा कुनै आपत विपत आउदा चेतावनी दिन यो प्रभावकारी माध्यम बन्ने भएकाले यो परीक्षण गर्न लागेको बताइर्एको छ । यो सबै अमेरिकीहरुको मोवाइल सेटमा जानेछ । बुधबार परीक्षण सुरु भएको ३० मिनेटमा अमेरिकामा रहेका सबै अमेरिकीहरुले यो अलर्ट सन्देश आफनो फोनमा पाउनेछन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected