अमेरिकाको टेक्ससमा एउटा मन सिरिंग बनाउने घटना बाहिरिएको छ । टेक्ससको एलपासोको एउटा वाटरपार्कमा एक आमा घन्टौसम्म सेल्फी फोटोमा भुलेर बस्दा तीन बर्षिया अबोध छोरीले पुलमा डुबेर ज्यान गुमाएकी छिन् । विना निगरानी यसरी बच्चीलाई पुलमा छाडदा ज्यान गएको छ
द न्युयोर्क पोष्टको समाचार अनुसार महिला माथि घन्टौ सम्म फोनमा व्यस्त हुदा छोरी ले ज्यान गुमाएको आरोप छ । यो घटना एलपासोको क्याम्प वारपार्कमा भएको हो । घटना अनुसार तीन वर्षिया नाबालिका ४ फिट पुलमा डुबेकी थिइन र बच्चीलाई पुलबाट मृत निकालिएको थियो ।
ति महिला अर्थात आमाको पहिचान ३५ वर्षिय जेसिका विवरको रुपमा गरिएको छ । समाचार अनुसार यी महिलालाई पक्राउ गरेर एलपासो काउन्टी जेलमा राखिएको थियो र एक लाख अमेरिकी डलरको जमानतामा रिहा गरिएको छ ।
पुलमा रहेकी एक प्रत्यक्षदर्शि महिलाका अनुसार ति आमा एक घन्टा सम्म आफनो फोनमा मस्त थिइन र केही कुरामा ध्यान दिएकी थिइनन र उनले लगात्तार फोटो लिइरहेकी थिइन

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected