सागर अर्याल, डल्लास-बिजया दशमीको अवसर पारेर डल्लासमा रहेर खेलकुद क्षेत्रमा सकृय रहेको क्लब नेपस्टार डिएफÞडब्लुको आयोजनामा राज्यस्तरीय भलिबल प्रतियोगीता हुने भएको छ ।
पाँचौं भलिबल प्रतियोगिता तथा बृहद बनभोज कार्यक्रम नामक यो कार्यक्रम अक्टोबर ७ र ८ मा हुन लागेको हो । शनिबार बिहान ७ बजे देखि भलिबल कार्यक्रम हुने छ भने पुरस्कार वितरण तथा निशुल्क बनभोज तथा अन्य रमाईला कार्यक्रमहरु भने अक्टोबर ८ बिहान ११ बजे शुरु भएर ५ बजे सम्म चल्ने छन् ।
नेपस्टार डिएफÞडब्लुल स्थापना कालदेखी नै भलिबल कार्यक्रमलाई महत्व दिदै आएको छ। दशैलाई सम्झन लायक बनाउने गरि मनाउदै आएको यस क्लबका संस्थापक अध्यक्ष नारायण क्षेत्रीका अनुसार क्लबको उदेश्य नै खेलकुद मार्फत आत्मीयता र भाईचारा बनाउनु हो ।
नेपस्टार डिएफÞडब्लुका अध्यक्ष भुवन सिंह आलेका अनुसार यो टुर्नामेन्टमा ९ वटा टीमहरुले भाग लिंदै छन्। रुकुम अस्टिन, भिक्टोरिया अर्भिंग, गुर्खा (ए) अस्टिन र गुर्खा (बी) अस्टिन, माउण्ट एभरेस्ट भलिबल क्लब फोर्टवर्थ, टीम कैलास, नेपस्टार (रेड, व्हाइट, ब्लु) युलेस यो खेलमा भाग लिने टीमहरु हुन्।
टुर्नामेन्टमा बिजयी हुने टीमले १५ सय डलर प्राप्त गर्नेछ भने दोश्रो हुनेले ८ सय प्राप्त गर्नेछ। साथै सहभागी खेलाडीहरुलाइ अन्य पदक र प्रमाणपत्र समेत प्रदान गरिनेछ। यस कार्यक्रमको मुख्य पुरस्कार प्रायोजक रियल्टर सूर्य थापा र लोन अफिसर अनिल पुडासैनिले गरेका छन् भने अन्य धेरैले पनि सहयोग गरेका छन् ।
युलेशमा हुन लागेको यो पिकनिक कार्यक्रम सदैव जस्तै यस बर्ष पनि निशुल्क भएको आयोजकहरुले जनाएका छन् । आयोजकहरुका अनुसार डल्लास वरपर रहेका भलिबल प्रेमी निशुल्क रुपमा आउन सक्नेछन् ।
सम्बन्धित खवर
-
युलेस, टेक्सस — अगस्ट १५, २०२६ को ...



















