रमाउन सकिने   बैरागीएर हिँडन सकिने

जिन्दगीमा यस्ता दिनहरु पनि आउँदारैछन्

आफ्नाहरुले रमिता हेरिरहेको

हेर्ने दिनहरु पनि आउँदारैछन्

 

के को लोभलालच, मोह हो अझै त्यसको

आफ्नाहरुले भनिदिन्छन

खाली हात आयो, खाली हात जाने हो

अझै किन कुरो नबुझेको, भनिदिन्छन

 

कुरो सुन्दा सवै छोडिदिएर

एकान्तबास गरौँ भन्ने लाग्छ

तर सवै छोडे पछि, फर्केर पनि हेर्दैनन्

अनि कसरि बाँच्ने भन्ने पनि लाग्छ

 

आफुलाई सवै आफ्ना लाग्दा रहेछन

तर आफ्नालाई आफ्नो लाग्दो रहेनछ

कुरो बुझेर पनि चूप लागेर बस्नु पर्ने

यस्ता दिनहरु पनि आउँदा रहेछन


डालस
, टेक्सास

अक्टोबर , २०२३

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected