टेक्सस-अमेरिकाको टेक्ससमा पहिलो विशाल हिन्दु युवा शिविर स्थल निर्माण भइरहेको छ ।
टेक्ससको कोलोम्बसमा ३७ एकड क्षेत्रफलमा बन्ने उक्त शिविर अर्को वर्ष निर्माण सम्पन्न भइसक्नेछ । एक भारतीय दम्पत्तिले साढे सत्र लाख डलर दान दिएका छन् शिविरका लागी । भारतीय मुलका दम्पत्ती सुभाष र सरोजनी गुप्ताले हिन्दु शिविर स्थल निर्माणका लागी दान दिएका हुन । यो हिन्दु शिविर स्थलले हिन्दु संस्कृति परम्पराको शिक्षा दिइने बताइएको छ ।
यो शिविर स्थलमा एकै पटकमा २ सय जना बस्ने सक्नेछन् । शिविर स्थलमा क्याविन, स्वीमीग पुल, आउडडोर एम्पीथिएटर, कर्वड बास्केटबल कोर्ट तथा कक्षा कोठा सामेल हुनेछ ।

शिविर बनेपछि शिविर दुई साता सम्म चल्नेछ । शिविरमा बस्न चाहने बसैलाई आवश्यकता अनुसार धेरै भन्दा धेरै शिविर चलाइने बताईएको छ । भाग लिन इच्छुक १२ सय अधिक युवालाई शिविरमा समायोजना गरिने बताइएको छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected