अमेरिकामा यति धेरै वर्ष पुरानेा मानव पैतलाकेा निशान भेटियेा

अमेरिका-अमेरिकाको न्यु मेक्सिको को एउटा पार्कमा मानव पैतलालाई लिएर एउटा नया खुलासा भएको छ ।
न्युमेक्सिकोको व्हाइट सेन्डस नेशनल पार्कमा भेटिएको उक्त मानव पैतला २१ ह्जार देखि २३ हजार वर्ष अघिको भएको खुलासा भएको हो ।
यो साइन्स जर्नलमा प्रकाशित भएको एउटा अध्ययन अनुसार खुलासा भएको हो । अमेरिकामा मानवको अहिलेसम्म पाइएको सबैभन्दा पुरानो मान्छेको पैतलाको निशान भएको बताइएको छ । यसरी भेटिएको निशान कुनै शिकारीद्धारा जीवको पिछा गदै गरेको पैतला भएको बताइएको छ ।
यो पैतालाको बारेमा कहिलेदेखिको हो भनेर एक दशकदेखि विवाद चलीरहेको थियो।
यो पैतालाको कहिलेको हो भनेर लामो समयदेखि विभिन्न तरिकाले खोज अनुसन्धान गरिएको थियो । यो अमेरिकी भु वैज्ञानिकहरुको टोलीले लामो अध्ययन पछि सबैभन्दा पुरानो मानव पैतला भएको निष्कर्षकमा पुगेको हो ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...