अमेरिका-अमेरिकाको न्युयोर्कको रेकर्स आइल्यान्ड जेल भित्र एक जना नेपाली युवाको रहस्मय तवरले मुत्यु भएको छ । घटना ज्यादै दुख्द रहेको छ । कस्डी भित्र मृत भेटिनु जेलको गंभीर कमजोर देखिन्छ ।
उनी २७ ७ वर्षिय मनिष कुवर भएको पृष्टि भएको छ । उनी गएको सेप्टेम्बर २७ मा हिरासतमा पुगेको न्युयोर्क डेली न्युजले जनाएको छ । घटना बारे गैरआवासिय नेपाली संघ न्युयोर्कले बुझने प्रयास गरिरहेको एनआरएनए अमेरिकाका महासचिव राम हरि अधिकारीले जानकारी दिनु भएको छ ।
उनलाई बिहीबार बिहान विना हलचल नभएको अवस्थामा भेटिएकोमा ६ बजेर २० मिनेट जादा मृत घोषित गरिएको थियो । त्यही दिन उनको कोर्टमा सुनुवाई समेत रहेको आफन्तले बताएका छन् । के कारणले उनको मुत्यु भयो भन्ने बारेमा भने केही खुल्न सकेको छैन । चिकित्सक परीक्षण र न्युयोर्क महान्यायधिवक्ताको कार्यालयले उनको मुत्यु बारे छानवीन गरिरहेको छ । उनी बाल्टीमोरमा मनोचिकित्सकको सुविधामा ५ महिना समेत बिताएको बुझिन आएको छ । पछिल्लो समय उनी घरबारबिहीन जस्तै भएको आउटलेट न्युजले उल्लेख गरेको छ ।
उनलाई डकैतीको अभियोगमा पक्राउ गरिएको अमेरिकी संचारमाध्यम डेली न्युजले जनाए पनि उनलाई खराब साथीहरुको संगतले यो अवस्थामा पुराएर फर्साएको हुन सक्ने बताएका छन् । २०१६ मा डिभी परेर अमेरिका आएका कुवर जर्जिया बाल्टीमार लगायतका राज्यमा बसेर पछि न्युयोर्क पुगेका थिए । एनआरएएन न्युयोर्क च्याप्टरले जेल भित्र बित्नु ज्यादै दुखद र गंभीर भएको बताएको छ ।

 

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected