अमेरिका-तपाईहरु तयार भएर बस्नु होला । यो दिन तपाईले आकाशमा एउटा दुर्लभ गोलो रिंगमा आगो देख्नु हुनेछ । यो जानकारी मेरो हैन है यो त अमेरिकी स्पेश एजेन्सी नासाले दिएको जानकारी हो ।
यो अदभुत दृश्य तपाईहरुले अक्टोबर १४ का दिन देख्न सक्नुहुनेछ ।
बासिंगटन पोष्टको खबर अनुसार यो दिन चन्द्रमा सुर्यको सामने हुनेछ र जसले सुर्यको अधिकांश भाग छोपिनेछ र आकाशमा यस प्रकारको दुर्लभ रिंग अफ फायर अर्थात गोलो रिंगमा आगोको दृश्य देख्नुहुनेछ । यो दृश्य अमेरिका, मेक्सिको तथा दक्षिण तथा मध्य अमेरिकाको कयौ देशहरुमा तथा पश्चिमी गोलाद्धमा देखिनेछ ।
यो सुन्दर दृश्य देख्ने मौका भएको र सबैलाई रोमान्चित बनाउने समेत नासाले बताएको छ । नेपालीको भाषामा यसलाई हामी सुर्यग्रहण पनि भन्ने गर्छ । तर यो सुर्यग्रहण फरक खालको हो ।
तर यो तपाईहरुले नांगो आखाले भने नहेर्नु होला । त्यसरी हेर्दा आखालाई नोक्सानी पुराउन सक्ने नासाले जनाएको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...