अमेरिकामा रहेका इजरायलीहरु युद्द लड्न आफनेा देश फर्किदै
अमेरिका-इजरायलमा हमासले आक्रमण तिव्र बनाएपछि यता अमेरिकामा रहेका इजरायलीहरु युद्ध लडन इजरायल फर्किरहेका छन् ।
अमेरिकामा रहेका इजरायली केहीले उडान समेत बुक गरिसकेका छन् । उनिहरुले यसरी आफनो देशमाथि आक्रमण भइरहेको र आफु देश फर्केर देशका लागी लडन चोहेका बताएका छन् । आइतबार शिकागो तथा एटलान्टा स्थित इजरायली वाणिज्यदुताबास बाहिर एक जुट भएका इजरायलीहरुले एउटा रयाली निकालेका थिए ।
हमासले आक्रमण गरेपछि इजरायलले पनि त्यसको कडा रुपमा जवाफ दिइरहेको छ ।
३१ वर्षिय इजरायली मुलका अमेकिरी अव्रहामी आफनो देशका लागी लडन इजरायल फर्किने मध्येका एक पात्र हुन । उनले आफनो सामान एक कठ्ठा गरिसकेका छन् र आफनो देश इजरायलका लागी लडन जाने तयारी गरेका छन् । उनी चार वर्षदेखि न्युयोर्कमा बस्दै आएका छन् । उनले आफनो सात महिनाकी छोरी र पत्नीलाई न्युयोर्कमा छाडेर युद्ध लडन इजरायल जादैछन् ।
उनले इजरायल फर्किने आफु एक्लो नभएको र अरु धेरै म जस्ता इजयरायलीहरु देश फर्किदैछन् युद्ध लडन । अहिले हमासको आक्रमणमा परेर ९ सय बढी इजरायलीले ज्यान गुमाइसकेको तथ्यांक छ । घाइते हुनेको संख्या हजारौ पुगेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...