अमेरिका-इजरायल अहिले भिषण युद्धको चपेटामा परेसंगै विश्व अर्थतन्त्रमा यसको असर देखिन थालेको छ । इजरायलमा प्लास्टेटाइनी हमास विद्रोहीले आक्रमण पछि पछिल्लो ४८ घन्टामा इन्धनको मुल्य बढन थालेको छ । खास गरि पछिल्लो ४८ घन्टामा प्राकृतिक ग्यास, कच्चा तेल तथा सुनको मुल्य समेत उच्च उकालो लाग्दै गएको छ ।

अमेरिकी डब्लुटिआइ कच्चा तेलको मुल्य प्रति ब्यारेल ५ डलरले बढेको छ । ५ अक्टोबरमा ८२ दशमलव ९९ डलरमा कारोबार भइरहेको उक्त कच्चा तेलको मुल्य सोमबार ८७ दशमलव १५ डलर प्रति ब्यारेल पुगेको छ । यसरी कच्चा तेलको मुल्य इजरायल युद्धको चपेटामा परेपछि बढदै गएको छ ।
प्राकृतिक ग्यासको मुल्य झन्डै २ प्रतिशतले बढेको छ भने सुनको मुल्य प्रति औन्समा २२ डलरले बढेको छ । सुनको मुल्य बढेपछि त्यसको असर नेपालमा पनि देखिएको छ ।
रुस युक्रेन युद्धका कारण मंहगीएको इन्धनको मुल्य झनै बढने अनुमान गरिएको छ ।
तीन तीन देखि जारी भीषण युद्धमा इजरायल, प्यालेस्टाइनी र विदेशीहरु समेतगर ११ सयको मुत्यु भइसकेको अन्तराष्ट्रिीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected