अमेरिक-अमेरिकाको न्युजर्सिमा निर्माण भएको सबै भन्दा ठुलो हिन्दु मन्दिरको उदघाटन भएको छ ।
यसरी निर्माण भएको यो विश्वकै सबैभन्दा ठुलो हिन्दु मन्दिर हो । यो मन्दिर १८५ एकड जमीनमा फैलिएको छ । यो मन्दिर निर्माण सम्पन्न हुन १२ वर्ष भन्दा बढी समय लागेको थियो । यो मन्दिरका लागी १२ हजार ५ सय भन्दा बढीले निर्माणमा श्रमदान गरेका थिए ।एउटा अनौठो कुरा के छ भने मन्दिरमा कुदिएको आकर्षक पत्थर २९ वटा देशबाट ल्याइएको हो । हिन्दु संस्कृति कला र अध्यात्मको संगम हो यो हिन्दु मन्दिर । भारतले यो मन्दिर निर्माण गरेको हो । यो मन्दिरको उदघाटन पछि श्रदालु का लागी खुल्ला गरिएको छ । यो मन्दिरमा प्राचिन १० हजार देवी देवताको मुर्तिहरु रहेका छन् ।
साता दिनसम्म यो मन्दिरको उदघाटन समारोह चलेको थियो अमेरिकी कग्रेस, सिनेटर, बाइडेन प्रशासनका अधिकारी, राज्यका गर्भनर लगायत अमेरिकी उच्च अधिकारी उदघाटन समारोहमा आएका थिए ।
या यो विशाल मन्दिरले विश्व रेकर्ड तोडने बताइएको छ । भारतले निर्माण गरेको यो मन्दिर हिन्दुहरुका लागी एउटा ऐतिहासिक दस्तावेजको रुपमा रहने बताइन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected