अमेरिकामा बिरामीकेा सेवामा तल्लिन नेपाली नर्स आफै क्यानसरबाट पीडित
टेक्सस-बिरामीको सेवामा तल्लिन एक जना नेपाली नर्स आज आफै प्राणघातक रोग क्यान्सरबाट ग्रस्त हुन पुगेकी छिन् ।
आजीवन बिरामीको हेरचाह र सेवा गर्ने अठोट लिएर अमेरिका आएर संघर्ष गदै नर्सिंग पढेर नर्स बनेकी दिक्षा बस्नेतले यो अवस्था आउला भनेर कहिल्यै सोचेकी थिइन । तर दुर्भाग्य उनी एक वर्ष देखि स्तन क्यान्सरबाट पीडित बनेकी छिन् ।
टेक्ससको फोटवर्थ निवासी दिक्षाले अहिले आफनो जीवनको चुनौती पुर्ण क्षणको सामना गरिरहेकी छिन् ।
गएको नोभम्बर महिनाको सुरुवातमा दिक्षालाई वाकवाकी बान्ता र स्तनमा मास फेला परेको अनुभव गरिन । तर डिसेम्बर १ २०२२ मा एउटा हदयविदारक समाचार आयो उनलाई स्टेज ४ को क्यान्सर भएको पृष्टि भयो । दिक्षाले क्यान्सर उपचारका क्रममा आफनो नर्सिगको जागीर गुमाइन । उनमा बढेको आर्थिक बोझ कम गर्न साथीहरुले फन्ड क्रेट गर्न सुझाव दिए । तर सुरुमा दिक्षा हिच्किचाइन र आफैले व्यवस्थापन गर्ने लक्ष्य राखिन । तर उनको उपचारका लागी सबै आर्थिक स्रोतहरु सकिसकेको छ । अहिले उनको जीवन बचाउनका लागी सबैको सहयोगी हात चाहिएको छ ।
तपाईहरुको सहयोगले उनको बढ्दो चिकित्सा खर्च, विद्यार्थी ऋण र बिलहरुमा थोरै भए पनि मदत गर्नेछ । यसका लागी गोफन्डमा गएर सहयोग गर्न सक्नुहुनेछ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...