अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमास बीचको जारी भीषण युद्धलाई लिएर ठुलो बयान दिएका छन् । विश्वको ध्यान पनि अमेरिकातर्फ केन्द्रीत छ ।
राष्ट्रपति बाइडेनले आफनो वकत्वमा इजरायलको समर्थन गरेका छन् । उनले इजरायले जारी गरेको हमला उसको रक्षा गर्ने धर्म भन्दै खुला समर्थन गरेका छन् । त्यसो त इजरायलमा हमासले गरेको हमलामा १४ अमेरिकी नागरिकको ज्यान गइसकेको छ ।
बाइडेनले गाजामा इजरायल र हमास बीच भएको भयंकरण युद्ध जारी रहदा अमेरिका इजरायल संग उभिने ठुलो बयान दिएका छन । बाइडेनले १४ जना मारिएका अमेरिकी नागरिक र बन्धक बनाएका अमेरिकी नागरिकको बारेमा बोलेका छन् ।
उनी माथि राखिएको एउटा जिज्ञासा थियो इजरायल जस्तै अमेरिकामा पनि यस्तो स्थिति भएको के एक्सन हुन्थयो बाइडेनले भने तेज, निर्णायक र जबरजस्त हुन्थ्यो । बाइडेनले अमेरिकाले इजरायल संग खुफिया जानकारी साझा गरिरहेको बन्धकहरुको रिहाइका लागी कोसिस भइरहेको बताएका छन् । बाइडेनले इजरायल जाने अमेरकी नागरिकलाई सुरक्षा सल्लाह दिएका छन् । बाइडेनले अमेरिकाको यहुदी केन्द्रमा सुरक्षा सर्तकता बढाइएको बताएका छन् । जसका लागी एफबिआई, होमल्यान्ड सेक्युरिटी र कानुनी अधिकारीहरुलाई परिचालन गरेर अमेरिकाको घरेलु खतरालाई ध्यानमा राखेर निगरानी बढाएको बताएका छन्

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected