अमेरिकाकेा १.७६५ बिलियन पावरबल ज्याकपट क्यालिफेार्नियाका भाग्यमानीकेा हातमा
![](https://usnepalpost.com/wp-content/uploads/2023/10/photo-output-1.png)
अमेरिका-अमेरिकामा हिजो बुधबार राती खोलिएको १ दशमलव ७६५ बिलियन राशीको पाबरबल चिट्टा फेरि क्यालिफोर्नियाका भाग्यमानीको हातमा परेको छ ।
यो लोटरी अमेरिको लोटरी इतिहासकै दोस्रो ठुलो राशीको लोटरी भएको बताइएको छ ।
बुधबार खोलिएको पाबरबल नम्बर २२ २४, ४० ५२ ६४ र पावरबल १० रहेको थियो ।
बिजयी यो टिकट क्यालिफोर्नियाको मिडवे मार्केछ र लिकर फ्रेजियर पार्कबाट विक्री भएको थियो । जुन लस एन्जल्सबाट ७५ माइलको दुरीमा रहेको छ । यो सिंगल टिकटमा एक जना व्यक्तिले मात्रै यति ठुलो राशीको पुरस्कार जितेका छन् । स्मरण रहोस गएको जुलाईमा पनि लस एन्जल्सको डाउनटाउमै १ दशमलव ०८ बिलियन पनि क्यालीफोर्नियामै परेको थियो ।
अहिलेसम्मको ठुलो राशीको २ दशमलव ०४ बिलियनको पावरबल पनि क्यालफिोर्नियाकै व्यक्तिले २०२२ को नोभेम्बरमा जितेका थिए ।यो पावरबल टिकट २ डलरमा किन्न सकिन्छ । यो अमेरिकाको ४५ वटा राज्यमा किन्न सकिन्छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...