अमेरिका-अमेरिका अमेरिकामा ग्रिनकार्डको प्रतिक्षा गरिरहेकाहरुलाई लागी यो राहतको खबर रहेको छ ।
खास गरि अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) ले ग्रिनकार्डको प्रतिक्षा गरिरहेका तथा केही गैर आप्रवासी श्रेणीका आप्रवासीलाई ५ वर्षको रोजगार प्राधिकरण प्रदान गर्ने भएको छ ।
अमेरिकामा रहेका गैर नागरिकतथा यो रोजगार प्राधिकरण कार्डको वैधता पाच वर्ष बढाउने तयारी गरेको हो ।
यसमा खास गरि अमेरिकामा शरण पाउनका लागी आवेदन दिएका देखि डिपोर्ट हुनबाट रोक्नका लागी दिएका आवेदन दिनेहरु तथा आइएनए २४५ को स्थितमा रहेकाहरु पर्नेछन् ।
यो अवसरले धेरै नेपालीहरुलाई फाइदा पुग्ने छन् । ग्रिनकार्डको प्रतिक्षामा धेरै  नेपालीहरु रहेका छन् । यो रोजगार प्रवर्धन कार्डले अमेरिकामा सहज रुपमा रोजगार गर्न र कानुनी रुपमा बसोबास गर्ने ५ वर्षको वैध रोजगार प्राधिकरण कार्ड दिइनेछ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected