अमेरिका-अमेरिकाको न्युयोर्कको क्विन्सबाट ६८ वर्षिय नेपाली आमा निर्मला मैनानी हराइरहनु भएको छ । कृपया यो भिडियो शेयर गरेर आमाको खोजीका लागी सबैले सहयोग गरिदिनुहोला
उहा हिजो शुक्रबार बिहान ८ देखि ओजनपार्कबाट हराइरहनु भएको छ । उहा घर फर्कनु भएको छैन । मर्निग वाकमा निस्कुन भएकी उहा घर फर्किने क्रममा हराउनु भएको हुन सक्ने परिवारजने बताएका छन् । उहा हराउनु भएको बारेमा क्विन्स प्रहरीलाई समेत खबर गरिसकिएको छ ।
१७ वर्षदेखि अमेरिका बस्दै आउनु भएकी आमा अर्को राज्यबाट तीन दिन अघि मात्रै कान्छिी छोरी र ज्वाई भेटन न्युयोर्क पुग्नु भएको बताइएको छ । उहा अर्कान्ससमा छोरा बुहारी संग बस्दै आउनु भएको थियो ।
यदि कोही कसैले देख्नु भएको नजिकको प्रहरी तथा उहाको ज्वाई सन्तोष पराजुलीको तल राखिएको फोन नम्बरमा कल गरेर सहयोग गरिदिनु होला । आमा जहा हुन्छ सकुशल घर फर्कनुहोला र देख्नु हुनेले उहाको परिवार समक्ष पुराउन सहयोग गरिदिनुहोला

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected