१४४ यात्रु बोकेर उडेको अमेरिका विमानभित्र बम हल्ला तर भेटियो व्यक्तिको डायपर
अमेरिका पानामाबाट अमेरिकाको फलोरिडाका लागी १४४ यात्रु लिएर उडेको अमेरिकी विमानमा बम भएको सुचना आएपछि खलबली मच्चियो ।
फलोरिडाको टेम्पा सहरका लागी उडेको उक्त विमानमा बम भएको सुचनापछि यात्रुहरु त्रसित बने । विमानलाई फेरि पानामकै अन्तराष्ट्रिय विमानस्थलमा फर्काइयो । विमानलाई पाइलटले इमरजेन्सी ल्यान्डिंग गराएका थिए ।
विमानलाई तत्काल खाली गराइयो । विमानभित्र जाच हुदै हुदा सम्म त्रास फैलिएको थियो । यात्रुहरु रुन कराउन थालेका थिए । त्रासदी बनेको थियो । जब विमानस्थलका सुरक्षा प्रमुखले खानतलासी गर्न थाले । तब सबैलाई हैरान बनाइदियो ।
विमान भित्र जुन बस्तुलाई बम ठानिएको थियो त्यो खासमा बम नभएर कोही व्यस्क व्यक्तिको डायपर रहेको थियो । जुन विमानमा नै छुटेको थियो । विमानको शौचालय भित्र कसैले छाडेर गएको रहेछ । यसैलाई नै बम ठानेर विमानस्थलको सुरक्षा व्यवस्थापनलाई सुचना दिइएको थियो ।यसरी एउटा डायपरले विमानमा यात्रुहरुमा हंगामा मच्चायो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...