अमेरिका-दक्षिण क्यालिफोर्नियाको बुएना पार्कको एउटा व्यापारिक भवनमा अमोनिया नामको क्यामिकल ग्यास लिक भएपछि ११ जनाको अवस्था गंभीर भएको खबर छ
आरेन्जी काउन्टी फायर डिपार्टमेन्टका अनुसार गंभीर घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ ।
ग्यास लिक भएको सुचना प्राप्त हुन साथ उक्त व्यापारिक भवनलाई पुरै खाली गराइएको छ । उक्त ग्यास लिक भएपछि २३ जना प्रभावित भएको समाचार एजेन्सीहरुले जनाएका छन् । १२ जना सामान्य रहे पति ११ जनाको अवस्था भने गंभीर रहेको छ ।
अग्निनियन्त्रक टोलीले रसायन पत्ता लगाउने क्रममा ओमोनिया ग्यास भएको पृष्टि गरेको हो ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र का अनुसार हावाबाट अमोनियाबाट उच्च स्तरबाट सम्पर्कमा आउदा छाला,आखा गला तथा फोक्सोमा जलन भएर अधिक खोकी लाग्ने लक्षण देखिन्छ । तर यसबारेमा थप जानकारी भने केन्द्रसंग छैन ।
तर ग्यास कसरी लिक हुन पुग्यो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected