अमेरिकामा अवैध रुपमा अमेरिका प्रवेश गर्ने भारतीय लाई अमेरिकाको सिमा गस्ती टोलीले पक्राउ गरि हिरासतमा लिइएको छ ।
न्युयोर्कको बोर्डर पेट्राल स्टेशनमा कार्यरत पेट्रोल एजेन्टले पाँच भारतीय पक्राउ गरेको हो ।
अस्थायी आप्रवासन चौकीबाट भागेर निस्कने क्रममा उनीहरु समातिएका हुन ।
एजेन्सीका अनुसार न्युयोर्कको मारिसटाउन आप्रवासन चौकी एक सवारी चलिरहको थिए । पेट्रोल एजेन्टले उक्त सवारी देखेपछि पिछा गरेको थिए । सवारी चालक सहित पा“च भारतीय थिए । सवारी चालक गाडी पार्किङमा छाडेर भागेका थिए । भागेर सहर क्षेत्रमा चालक सहित पा“च भारतीय छिरेका थिए ।
भाग्ने क्रममा पेट्राल एजेन्टले चालक र पाँच भारीतयलाई पक्राउ गरि हिरासतमा लिएको छ । पक्राउ परेका भारतीय संग अमेरिकामा वैधानिक रुपमा बस्ने कागजात नभएको जनाइएको छ । उनिहरुलाई हिरातसमा लिएर कार्वाही अघि बढाइएको छ ।
सन २०१८ मा अमेरिकाले सिमा गस्तीका क्रममा १ सय १३ देशका नागरिकलाई पक्राउ गरिएको छ । यसरी पक्राउ गर्नेमा ९ हजार भन्दा बढी भारतीयलाई पक्राउ गरि हिरासतमा लिएको थियो । पछिल्लो क्रममा डोनाल्ड ट्रम्पले आप्रवासी नितिमा कडाई गदै गैरकानुनी अमेरिका प्रवेश गर्नेलाई रोक्दै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected