अमेरिका-अमेरिका पढन आएका प्रविण समुन्द्रमा डुबेपछि अचेत अवस्थामा अस्पतालमा
अमेरिका अध्ययनका लागी आएका एक नेपाली युवा प्रविन पौडेल समुन्द्रमा डुबेपछि अहिले अचेत अवस्थामा उपचार गराइहेका छन् ।
अमेरिका आएको एक महिनानै फलोरिडोको पानामा सिटी समुन्द्रमा पौडने क्रममा छाला आएपछि उनी डुबेका थिए । गएको अगष्ट महिनामा अमेरिकामा टस्कीगी विश्वविद्यालयमा अध्ययनका लागी अमेरिका आएका थिए । उनी गएको सेप्टेम्बर ३० मा फलोरिडाको पानामा सिटी बीचमा पौडी खेल्दै गर्दा ठुलो छाल आएर डुबको थिए ।
अहिले उनको फलोरडा स्थित अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ । नेपालमा आमा एक्लै र यता पढन आएको छोराको यो अवस्थाले परिवारलाई ििचन्ता थपेको छ ।
यतिबेला प्रविणलाई मेडिकल बिल र प्रविणको रेखदेखका लागी आमालाई झिकाउनु पर्ने अवस्था लगायतका कारणले उनलाई सहयोग चाहिएको छ
प्रविण पढने विश्वविद्यालयका डिन चन्ना प्रकाशले उनको सहयोगका लागी गोफन्ड मार्फत आग्रह गर्नु भएको छ । सहयेागका लागी लिंक तल छ

https://gofund.me/1f815d87

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected