पेन्सिलभेनिया-
पिट्सवर्क सिटी काउन्ट्री पेन्सिलभेनिया अमेरिकाको आयोजनामा आज शनिबार इन्टरनेशनल डे परेड एण्ड फेस्टिवल मेयर इड ज्ञानी कार्यक्रम सम्पन्न भएको छ ।

भुटनिज कम्युनिटी एशोसिएसन अफ पिट्सवर्क (विक्याप)को संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली समुदायका तामाङ, गुरुङ, नेवार, ब्राहमण समुदाय, साथै चिन, ताइवान, पोल्याण्ड, भारत, भुटान, नेपाल, क्रोएसिया लगायत ३५ देशका विभिन्न जातजातीका समुदायका मानिसहरुले आ–आफ्नो सास्कृतिक परमपरागत झाकीहरु कार्यक्रममा प्रस्तुत गरेका थिए ।


बिहान ११ बजेबाट पैदलयात्रा सहित विभिन्न झाकी सहित प्रस्तुत गरिएको कार्यक्रममा किरात कल्चरल शोसाइटी एशोसिएसन अफ पिट्सवर्कका सहभागीहरुले किरात कल्चरसँगै साकेला सिली र ढोल झ्याम्टा सहित प्रस्तुत भएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected