अमेरिकामा यहुदी महिला माथि घरभित्र छुरा प्रहार गरि हत्या
अमेरिका-इजरायल र हमास बीचको युद्धको असर अमेरिकामा व्यापक देखिन थालेको छ ।
अमेरिकामा फेरि मिसिगनमा एक यहुदी महिला सामन्था वोल नामकी महिलालाई घरभित्रै छुरा प्रहार गरि हत्या गरिएको छ । यहुदी प्रार्थना सभाकी अध्यक्ष भएको बताइन्छ । उनलाई आज शनिवार बिहान मृत फेला पारिएको थियो ।
प्रहरीका अनुसार उनलाई आफनै घरभित्र छुरा आक्रमण गरिएको थियो । तर उनलाई प्रहरीले उनको घरबाहिर मृत फेला पारेको थियो । उनी माथि कयौ पटक छुरा प्रहार गरिएको सिएनएन न्युजले जनाएको छ । प्रहरीले उनलाई घटनास्थलमै मृत घोषित गरेको थियो ।
उनलाई घृणा अपराधमै हत्या गरिएको हुन सक्ने बताइएको छ । तर प्रहरीले यसबारेमा गहन जाच गरिरहेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...