अमेरिकाको एक जना पाइलटले उडीरहेको जहाजमा इन्जन बन्द गर्न खोज्दा झन्डै विमानमा सवार ८० यात्रुको ज्यान गएन । वासिंगटनबाट सानफ्रान्सिसको जादै गरेको विमानमा ति पाइलट ले इन्जिन बन्द गर्न खोेजेका थिए । अमेरिकाको होरिजन एयरका पाइलट अफ डयुटीमा रहेका थिए ।
तर उनी उडानमा ककपिट जम्प सिटमा बसेका थिए । उनको पहिचान ४४ वर्षिय जोसेफ इमर्सनको रुपमा गरिएको छ । उनलाई प्रहरीले पक्राउ गरि हत्याको प्रयास, लार्पावाही र विमानलाई खतरामा पुराएको लगायत ८३ वटा आरोपमा मुद्धा दायर गरिएको छ ।होरिजन एयरको मुल कम्पनी अलास्का एयरलायन्स हो । ८० यात्रु सवारी विमानलाई क्याप्टेन र फस्ट अफिसरले सर्तक देखाएर उनको इन्जिन बन्द गर्ने प्रयासलाई रोकेका थिए । विमानलाई पोटल्यान्ड आरेगन तिर डायवर्ड गरेर सुरक्षीत ल्यान्डीग गरिएको थियो ।
तपाईहरुलाई थाहा नै होला २०१५ मा बार्सिलोनाबाट उडान भरेको जर्मनविंग्स विमानलाई एक पाइलटले जानजान दुर्घटना गराएका थिए । जसमा चालक दलका ६ सदस्य सहित सबै १४४ जना यात्रुको ज्यान गएको थियो ।.
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...