अमेरिकाको फलोरिडामा आफना दुई साना बच्चा बच्चीलाई लक नगरिएको कार भित्र एक्लै छाडेर बार भित्र छिरेकी आमा पक्राउ परेकी छिन् ।
मेलबर्न फलोरिडाकी ३३ वर्षिया ज्यामी लेग पक्राउ परेकी हुन । उनले दुई वर्ष र ८ महिनाका बच्चालाई गाडीको इन्जिन समेत बन्द नगरि एक्लै छाडेर बार भित्र २० मिनेट बिताएकी थिइन । प्रहरीले गाडीको पछाडी सिटमा एक्लै आठ महिना र दुई वर्षको बच्चा सुतीरहेको फेला पारेको थियो ।
गस्तीमा रहेका प्रहरी अधिकारीले उक्त बार बाहिरको पार्किग लटमा गाडीको इन्जिन चलीरहेको देखेपछि उक्त गाडी भित्र दुई बच्चा बच्ची फेला पारेका थिए । उनलाइृ प्रहरीले तत्काल पक्राउ गरेर जेल चलान गरेका थियो । ति बच्चा बच्चीलाई पछि परिवारका सदस्यलाई हस्तान्तरण गरिएको थियो ।
ति महिला मिाथ अपराधिक इतिहास रहेको छ । जसमा अदालतको अवहेलना, किर्ते, लागुऔषध सामान राख्ने र उनको गाडीको लाइसेन्स समेत निलम्बन गरिएको थियो ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...