अमेरिका-अमेरिकाको ओहायोबाट भुटनिज नेपाली समुदायका ४४ वर्षिय तेज बुढाथोकी बेपत्ता भएका छन ,
एक साता भन्दा बढी समय देखि उनी ओहायोको सिनसिनीबाट बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ ।
उनी कोलोम्बसमा बस्दै आएको बताईएको छ ।
गएको सोमबार उनले चलाएको कार ओहायोको एउटा हाइवेमा फेला परेको छ ।
तर उनी फेला पर्न नसकेपछि परिवार र आफन्त पीडामा परेका छन् ।
उनको गाडी फेला परेको ठाउ घनाजंगल र जगली जनवारको बासस्थान
रहेकोले खोजीमा समस्या भएको छ ।
प्रहरीले समेत उनको खोजी तिव्र बनाएको छ । उनी के कारणले घर छाडेर हिडे
भन्ने बारेमा भने केही खुल्न सकेको छैन । उनको सकुशल खोजीका लागी आफन्तले आग्रह गरेका छन् ।
बेपत्ता बुढाथोकीका आफन्तका अनुसार उनी झन्डै सात वर्ष अघि बेलडागी झापाबाट अमेरिका आएका थिए ।

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected