अमेरिका-अमेरिकाको ओहायोबाट भुटनिज नेपाली समुदायका ४४ वर्षिय तेज बुढाथोकी बेपत्ता भएका छन ,
एक साता भन्दा बढी समय देखि उनी ओहायोको सिनसिनीबाट बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ ।
उनी कोलोम्बसमा बस्दै आएको बताईएको छ ।
गएको सोमबार उनले चलाएको कार ओहायोको एउटा हाइवेमा फेला परेको छ ।
तर उनी फेला पर्न नसकेपछि परिवार र आफन्त पीडामा परेका छन् ।
उनको गाडी फेला परेको ठाउ घनाजंगल र जगली जनवारको बासस्थान
रहेकोले खोजीमा समस्या भएको छ ।
प्रहरीले समेत उनको खोजी तिव्र बनाएको छ । उनी के कारणले घर छाडेर हिडे
भन्ने बारेमा भने केही खुल्न सकेको छैन । उनको सकुशल खोजीका लागी आफन्तले आग्रह गरेका छन् ।
बेपत्ता बुढाथोकीका आफन्तका अनुसार उनी झन्डै सात वर्ष अघि बेलडागी झापाबाट अमेरिका आएका थिए ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















