अमेरिका-अमेरिकाको मेन राज्यको लुईस्टन शहरमा ठुलो नरसंहार भएको छ । एक बन्दुकधारीले १६ जना भन्दा बढीको हत्या गरेका छन् । तर घटनामा अझै धेरै हताहती भएको हुन सक्ने बताइएको छ । तर मृतकको २२ पुग्न सक्ने स्थानिय कानुन अधिकारीले सिएननलाई बताएका छन् ।
घटनामा दर्जनौ घाइते भएको सिएनएन न्युजले जनाएको छ । लुइस्टन सहरलाई पुरै लक डाउन गरिएको छ । मानिसहरुलाई घरबाट बारिह ननिस्कन स्थानिय सरकारले अलर्ट जारी गरेको छ।
बुधबार राती लुईस्टन सहरको एउटा बार र अर्को रेष्टुरेन्टमा ४० वर्षका रोबर्ट कार्ड बन्ने बन्दुकधारीले आक्रमण गरेको बताईको छ । प्रहरीले आक्रमणकारीको खोजी जारी राखेको छ । उनले अत्याधुनिक राइफलले आक्रमण गरेको बतान्छ ।उनी खतरनाक आक्रमणकारी भएको स्थानिय प्रहरीले जनाएको छ । घटनामा संलग्न आक्रमणकारी भनिएका व्यक्ति हतियार प्रशिक्षक समेत भएको बताइन्छ । उनले अमेरिकी सेनाबाट प्रशिक्षण पाएका छन् । उनले यस अघि मानसिक स्वास्थय केन्द्रमा समेत समय बिताएको बताइन्छ ।
घटनास्थल पोर्टलयन्डबाट ३६ माइल टाढा रहेको छ र यो मेन राज्यको दोस्रो ठुलो सहर भएको बताइन्छ ,
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...